nepali sad story पिठिउ बाट हानेउ छुरा बोल्न सम्म पाइन

उनको  र मेरो बिबाह भएको 5 बर्ष भयो। अनि हाम्रो एउटा छोरा पनि साथमा छ। तर तिमी मेरो छोरा र मेरो साथ मा शारीरिक रूपमा नभए पनि अझै पनि मेरो यो याद मन मुटुमा छौ। दिनमा नस्म्झेको कुनै दिन छैन। 

 बिबाह भएको दुई बर्ष भएको थियो र छोरा पनि जन्मेको थियो । म आर्थिक अवस्था सुधार गर्न को लागि खाडी मुलुक तिर लागे । हाम्रो फोनमा दिन दिनै कुरा हुन्थ्यो । 

म उनि बिना दिन मा फोन न गरि बस्न सक्ने थिएन। यस्तै कुरा कानी गर्दै 2 बर्ष बिताए अब छोरा पनि स्कुल जान सक्ने भएको थियो। म घर जान आतुर थिए । र म घर आउने कुरा मैले मेरो श्रीमति लाई भने । उनलेे भनिन अब 2 बर्ष पनि बित्यो छोरा पनि स्कुल जाने भैहाल्यो। अब एक बर्ष बसेर आउनुना अनि केही पैसा पनि हुन्छ। तेस पछि यतै केही गरौंला भनिन । मलाई पनि यो कुरा ठिकै लाग्यो । आउन मन  भए पनि बाध्यता ले बस्नु पर्ने बनायो। यसै बोल चाल गर्दा गर्दा 6 महिना बितिसक्यो।  अनि छोरा लाई राम्रो स्कुलमा पढाउन लाई शहर तिर लाने शहल्ला भयो । 

आफुले नपढे पनि छोराछोरी लाई राम्रो होस भन्ने कस्को मन हुदैन होला र मैले पनि ठिकै छ भने । शहर तिर गएर पढाईन र यस्तै 5 महिना पछि एकासी कुरा हुन छाड्यो। अनि मलाई घर जान मन लाग्यो । र म घर गए अनि छोरा भएको ठाउँ मा गए अनि कोठामा गए । अनि कुरा बुझ्दा उनी अर्कै संग बिबाह गरिछिन । 



पिठिउ बाट हानेउ छुरा बोल्न सम्म पाईन 

यो सुनेर 1/2 घण्टा सम्म कसैले नदेख्ने गरि रुन मन लाग्यो र मन भरुन झेल रोए । 

अनि फेरि आफ्नो जिन्दगी पहिलाको जस्तै गरि जिउने प्रयास गरे । बिस्तारै बिस्तारै चोट सहनी बानी पर्यो। अहिले छोरा लाई राम्रो संग पढाउ राम्रो होस यसमा ब्यस्त छु।

जिन्दगीमा सोचले भन्दा नि परिस्थिति लाई अङ्गालेर  अगाडि बढ्नु पर्दो रहेछ।